तुलसीपुरमा चालुआर्थिक बर्षमा ६ सय सुत्केरी



सैघाली खबर,
तुलसीपुर,१६ फागुन

चालुआर्थिक बर्षमा तुलसीपुरमा ६ सय बढीले सुुत्केरी भत्ता प्राप्त गर्न सफल भएका छन् । तुलसीपुर उपमहानगरपालिका क्षेत्रका ६ सय वढि सुत्केरी महिलाहरुले सुत्केरी प्रोत्साहन स्वरुप भत्ता पाएका छन् । चालु आर्थिक वर्षको माघ मसान्त सम्म ६ सय ४३ जना महिलाले सुत्केरी प्रोत्साहन भत्ता पाएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाको तथ्याङकमा छ ।

तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेदेखी नगर क्षेत्रका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिने अवधारणा ल्याएको थियो । सोहि अनुसार माघ मसान्त सम्म वडा नम्वर १ मा ३३ जना महिलाले सुत्केरी भत्ता लिएका छन् । त्यस्तै २ मा १३ , ३ मा ४७ , ४ मा ७१ , ५ मा ३४ , ६ मा ३४ , ७ मा ८०, ८ मा ४१ , ९ मा ४१ , १० मा १२ जनाले सुत्केरी भत्ता लिएका छन् । त्यस्तै ११ मा ४८ , १३ मा २६ , १४ मा ५२ , १५ मा ३१ , १६ मा १० , १७ मा ८ , १८ मा २९ र १९ मा १५ जना महिलाले सुत्केरी भत्ता लिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्