महिलाको मृत्यु



सैघाली खबर,
चितवन १६ फागुन, । पूर्वी चितवनको राप्ती नगरपालिका(२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख २१७४ नंको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्तौलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ९ बजे घटना भएपछि स्थानीयवासीले केही बेर राजमार्ग अवरुद्ध पारेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्