टप फिचर

जब तिमी’मा यस्तो देखियो पूजा र आकाशको प्रेम ( भिडियो )

By Thaha - Online

October 31, 2021

काठमाडौं– नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फेरि एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्।  ‘जब  तिमी’ बोलको म्युजिक भिडियोमा उनीहरू एकसाथ देखिएका हुन्। भिडियोमा नायिका शर्मालाई  बोनम्यारो फेल भएकी प्रेमिकाका रूपमा देखाइएको छ।  प्रेमी आकाश उनलाई खुसी राख्न प्रयासरत देखिन्छन्।

गायक नरेश गुरुङ र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको  सङ्गीत  र सङ्गीत संयोजन रहेको छ।

सौरव लामाले छायाङ्कन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्।  किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो।  म्युजिक भिडियोलाई दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। ओसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।