भिडियो

निशा कँडेल अभिनित  ‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक ( भिडियो )

By Thaha - Online

October 31, 2021

काठमाडौं– गायिका निशा कँडेलको सुमधुर स्वरमा समावेश ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा  रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतवद्द गरेका हुन्।  गीतमा राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ।

अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्।  फराज अर्पणको छायाङ्कन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।  गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।