अब विमानभित्रै इन्टरनेट सेवा



काठमाडौं। नेपाल  दूरसञ्चार  प्राधिकरणले  दुई वटा  विदेशी  एरो स्पेस  कम्पनीलाई  विमानभित्रै  मोबाइल  र  इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई  उडानको  इतिहासमा  पहिलो  पटक  नेपालको  आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन ‘थाल्स र सीता’ भन्ने एरो स्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए । 

उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएका छन्  ।  अब  नेपालको  आकाशमा  उडान  गर्ने  विभिन्न  विमान सेवा प्रदायकहरूले ती कम्पनीका यो सेवा खरिद गरी आफ्ना यात्रुलाई सेवा पु¥याउन सक्छन् ।” 

यसअघि  यात्रुले  हवाई  उडान  भर्दा  विमानभित्र  मोबाइललगायतका  उपकरण  फ्लाइट  मोडमा  राखेर  यात्रा  गर्नुपर्ने  बाध्यता  रहेको  थियो  ।  अब  यस  प्रकारको  सेवा  लिएका  विमान  कम्पनीले  आफ्ना  यात्रुलाई विमानभित्रै मोबाइल वाई फाई सेवा उपलब्ध गराउन सक्ने रहँदै आएकोमा अब यी दुई कम्पनीको सेवा  एयरलाइन्सले  खरिद  गर्न  सक्ने  प्राधिकरणले  जनाएको छ ।

नेपाल  दूरसञ्चार  प्राधिकरणले  विमानमा  यात्रा  गर्नेका लागि विमानभित्रै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा उपलब्ध गराउन आवेदन माग गरेकोमा ती दुई कम्पनी छनोट भई उनीहरूलाई सहमति प्रदान गरिएको हो । प्राधिकरणद्वारा निर्धारित मापदण्डअनुसार ती कम्पनी छनोटमा परेको उनले स्पष्ट पारे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्