दाङमा ब्राउन सुगर सहित पक्राउ



 

 

सैघाली खबर
दाङ, १६ फागुन । दाङमा प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । तुलसीपुर उप महानगरपालीका ६ निवासी आकाश वलीलाई पक्राउ गरेको हो । अबैध लागु औषध बिक्रि बितरण ओसार पसार तथा सेबन गरेको भन्ने सुचनाका आधारमा २४ बर्षीय वलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरी टोलीले पक्राउँ गरेको हो । वली ३ सय २० मिली ग्राम लागु औषध ब्राउन सुगर सहित फेला परारेको प्रहरीले जनाएको छ । तुलसीपुर उप महानगरपालीका वडा नं. १२ कप्रादेबी स्थित मनिराम चौधरीको घर लुकीछिपी बसेको अबस्थामा प्रहरीले फेला पारेको हो ।

पक्राउ परेका वली माथी आबश्यक अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले वताउँनुभयो । यस्तै फेक फेसवुक आईडी वनाई सामाजिक संजालमा तथ्य हीन स्टाटस राखि अफवाह फैलाएको भन्दै अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालीका वडा नं १ भम्के वस्ने वर्ष १८ को आकाश भण्डारीलाई पक्राउ गरेको हो । भण्डारी माथी पनि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्