शिक्षा

लाहानमा “बेटी बचाउ बेटी पढाउ “अभियान अन्तर्गत ३९ छात्रालाई साइकल वितरण

By Saru Sunar

November 04, 2021

महेश सिंह सिरहा लहान १८ कार्तिक- सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका वडा ५ खरुकियाहीमा स्कुल पढ्ने ३९ छात्राहरूलाई साइकल वितरण गरेको छ। नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य तथा युवा नेता सञ्जय कुमार यादवको विशेष पहलमा साइकल वितरण गरेका छन्।प्रदेश सरकारको”बेटी बचाउ बेटी पढाउ अभियान,अन्तर्गत ३९ छात्राहरूलाई साइकल वितरण गरेको हो। नेता यादव बाल्यकाल देखि समाज सेवा गर्दै राजनीतिमा सक्रिय रहेका छन्।स्कुल बालबालिकाहरूलाई स्कुल जान आउन सहता प्रदान गर्न विद्यार्थीहरूलाई साइकल सहयोग गरेका छन्। समाजमा गरिब दलित तथा विपन्न समुदायका बालबालिकाहरूले गाउँकै स्कुलमा अध्ययन गर्ने गरेका छन्। उक्त विद्यार्थीहरूले साइकल पुउदाँ खुशी हुदै प्रदेश सरकार र युवा नेता सञ्जय यादव धन्यवाद दिएका थिए। विद्यार्थीहरू नेता यादवको चर्चा गर्दै उ जस्तै नेताको समाजमा खाँचो रहेको विद्यार्थीहरूले प्रशंसा गरेका थिए।श्री माध्यमिक विद्यालय लक्ष्मीपुर पतारी ५ खरुक्याहीमा करिब ७ बालबालिकाहरूले उक्त स्कुलमा अध्ययन रत रहेका छन्। सम्बन्धित वडाका अध्यक्ष धर्मेन्द्र यादवको रोहवरमा साइकल वितरण गरेका छन्