कुलमानको कमाल लक्ष्मी पुजाको दिन घरघरमै झिलिमिली पारिदिए बिद्युतको माग १२७० पूरा गरे



विगत ५ वर्ष अगाडिका लक्ष्मी पूजाको दिन भारतबाट विद्युत् आयात गर्नु पर्थ्यो । तर हिजोको लक्ष्मी पूजामा त्यो अवस्था आइपरेन । बरु ५ वर्षअघिको अवस्थाको ठिक विपरीत भयो ।

किनकि वर्षको लक्ष्मी पूजामा हालसम्मकै उच्च विद्युत् माग रेकर्ड गरियो । त्यति मात्रै होइन भारतमा ४८ मेगावाट बिजुली निर्यात पनि गरिएको छ, र भारतबाट नेपाल बिजुली आयात शून्यमा झारिएको छ । नेपालको बिजुली नै प्रशस्त छ । लक्ष्मीपूजाको अवसरमा उपत्यकामा अधिक जसो घरमा बिजुली खपत हुने गर्छ ।

झिलिमिली बिजुली बाल्ने देखि छुट्टै बत्ती बाल्नसम्म । त्यसको परिणाम स्वरूप नै भनौँ हिजो हालसम्मकै उच्च बिजुली खपत पनि भयो । विद्युत् प्राधिकरणका अनुसार लक्ष्मी पूजाको दिन सबैभन्दा धेरै विद्युतको माग भयो । हिजाको पीक डिमान्ड १२७० मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यो हालसम्मकै उच्च माग हो । पोहोरको साल लक्ष्मी पूजाको दिन ११२३ मेगावाट थियो । पोहोरको तुलनामा यो वर्ष १४७ मेगावाट बढी हो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चलाखीपूर्ण तरिकाले व्यवस्थापन गरेका थिए । उनले यो वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो । र, त्यसै अनुसारअनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेका थिए ।

निर्देशक घिसिङले भरपुर बिजुलीको प्रयोग गर्न पनि जनाएका थिए । यो अवस्थामा काठमाडौं उपत्यका र आसपासका क्षेत्रको पिक डिमान्ड ३२०।६४ मेगावाट रेकर्ड भयो । यो पनि गत वर्षको तुलनामा अधिक हो । गत वर्ष र यो वर्षको तुलना गर्दा झन्डै २४ दशमलव ६४ मेगावाट विद्युत् बढी माग हो ।

गत आर्थिक वर्ष र यो वर्षको समग्र तुलनामा पनि नेपालकै इतिहासमा सबैभन्दा बढी बिजुली डिमान्ड भएको हो । चालु आर्थिक वर्षमा पिक डिमान्ड १६१४।८ मेगावाट रेकर्ड गरिएको थियो । त्यसलाई नै हालसम्मको उच्च डिमान्ड मानिँदै आएको । तर यो रेकर्ड गत असोजको हो ।

उक्त डिमान्डलाई निर्यातसहित मापन गरिएको थियो । समग्र व्यवस्थापन हेर्दा विद्युत् वितरण र व्यवस्थापनमा विद्युत् प्राधिकरण सफल भएको छ ।

उर्जामन्त्री सहित प्राधिकरण पदाधिकारी भार केन्द्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसहित प्राधिकरणका सञ्चालकहरू विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशहरु सहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका थिए ।

कुनै समस्याका कारण उपभोक्तालाई असर नपरोस् भन्ने उद्देश्यले प्राधिकरणले मुलुकभरका वितरण केन्द्र, विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको पनि जनाएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्