सशस्त्र प्रहरीद्वारा छठघाट सरसफाइ



रबिन्द्र यादव / नवलपरासी पश्चिम २७ कार्तिक नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं. ६ हरपुरमा रहेको छठ घाट लगायतका स्थानहरूमा आइतबार बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरूको महान् पर्व छठको अवसरमा सशस्त्र प्रहरी बिओपी गुठी परसौनीको आयोजना हरपुर स्थित झुलनिपुर छठ घाट, झुलनिपुर बजार लगायतको स्थानहरूमा सरसफाइ गरिएको हो ।

उक्त सरसफाइ सशस्त्र प्रहरी बि ओ पी गुठी परसौनीका इन्सपेक्टर संतोष खरेलेको नेतृत्वमा रहेको सशस्त्र प्रहरी टोली र स्थानीयहरूको उपस्थितिमा भएको हो । तराईमा धूमधामले मनाइने छठ पर्वमा सशस्त्र प्रहरी कोरोना महामारीको बेलामा पनि सीमा सुरक्षा सँगसँगै छठ घाट सरसफाइ तथा रंगरोदन गरेकोमा स्थानीय सशस्त्र प्रहरीको चौतर्फी प्रशंसा भएको छ । छठ पर्वका श्रद्धालु भक्तजनले बुधबार अस्ताउँदो र बिहीबार उद्याउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरी वर्षमा दुई पटक मनाउने गरिन्छ ।
छठ पूजामा सूर्य भगवान् र छठ मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।

त्यसै गरी मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी,मेवा, उखु लगायतका पुलपुल पनि सूर्य भगवान् र छठ मातालाई अर्घ दिने गरिन्छ । छठ पर्वमा व्रत गरे सन्तान प्राप्त, दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको देखिन्छ । तराईको महत्त्वपूर्ण पर्वको रूपमा मानिएको छठ पर्व विभिन्न नदी तथा तलाउ एवं पोखरीको डिलमा मनाउने गरिन्छ ।
नदी तलाउको डिलमा सूर्यलाई अर्घ दिन ल्याइएका विभिन्न परिकारसहितका फलफूल प्रसादको रूपमा घाटमा राख्ने र व्रतालु समेत बस्ने गरेका छन् । तर अधिकांश घाटहरू छठ बाहेकको समयमा फोहोर हुने भएकाले छठ गर्नेहरू नै अधिकांश स्थानमा घाट सर सपाइमा व्यस्त हुन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्