कृष्णनगरमा प्रादेशिक विश्वविद्यालय बनाउन प्रयास जारी रहेको सदस्य यादव



कमलेश चन्द्र गुप्ता / कपिलबस्तु – कार्तिक २१ कृष्णनगरमा प्रादेशिक विश्वविद्यालय बनाउन प्रयास रहेको योजना आयोगका सदस्य शिव पूजन यादवले बताउनु भएको छ। कृष्णनगरको बहादुरगंजमा रहेको राम गोरखा माबिलाई नै प्रादेशिक विश्वविद्यालय बनाउने प्रयास गरी रहेको उहाँले बताए। जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं ६ भिल्मीमा शनिवार आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो।
विश्वविद्यालय स्थापना भएपछि उच्च शिक्षा हासिल गर्ने बहिरा जानु पर्ने बाध्यता नरहने र आफ्नै गाउला हासिल गर्न सकिने उहाँले बताउनु भएको छ। उहाँले भने आफू लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भएपछि धेरै जसोले योजना म संग माग गरेका थिए र माग मध्ये धेरै जसो योजना स्वीकृत पनि भई सकेका छन्। कृष्णनगर वार्ड नं ६ लाई लक्षित गरी बुटहनिया देखि अजिगरा हुँदै भिल्मी बार्डर सम्म सडक स्तरोन्नती ,डेरवा, डगरमवा देखि देवानगढिया हुलाकी सडक सम्म सडक स्तरोन्नती,भिल्मी शिव मन्दिर जीर्णोद्धार योजना स्वीकृति भई सकेको छ र भिल्मी विद्यालय वाउण्डरीवाल, कर्मा विद्यालय मा भौतिक संरचना, डेरवा विद्यालय भौतिक पूर्वाधार योजनाको पहल भई रहेको छ।
साथै शिवराज अस्पताल लाई पचास बेड को अस्पताल को रुपमा आगाडी बढाउने प्रक्रिया अघि बढेको छ भने कृष्णनगर सामुदायिक अस्पताल बनाउनुको लागी ३ करोड विनियोजन भई सकेको छ उहाँले भन्नुभयो। सरस्वती आधारभूत भिल्मीले शुभ दीपावली ,भाइ टिका तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अधिकतम व्यक्तहरू शिक्षामा जोड दिनुभएको थियो। शिक्षा नै सबैभन्दा ठुलो धन रहेको कृष्णनगर वार्ड नं.६ का वार्ड अध्यक्ष देवानन्द शुक्लले बताउनुभएको थियो। शिक्षा भए जून सुके ठाउँमा धन कमाउन सकिन्छ त्यसैले बालबालिकाहरूलाई विद्यालय पठाउन उपस्थित सबैमा आग्रह गर्नु भएका थिए। कार्यक्रम सरस्वती आधारभूतको प्रागणमा सैयोको उपस्थितमा भएको स्थानीय पृथीपाल तेलीले जानकारी गराउनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्