प्रवास

भारतको हरियाणाबाट कैलालीकी १९ बर्षिया बिष्णा बि.क विगत १२ दिनदेखि बेपत्ता

By Saru Sunar

November 08, 2021

भारतको हरियाणा जिल्लाको पानिपत नम्बर १ सजिव जाटल रोडबाट कैलालीकी १९ बर्षिया बिष्णा बि क बेपत्ता भएकी छिन्। श्रीमान् भूपेन्द्र वि क सँगै बस्दै आएकी उनी सोही ठाउँमा भाडामा बस्दै आएका युपीका सचिन राजपूत नाम गरेको युवासङ फरार रहेको परिवार श्रोत जानकारी दिएको छ ।

भारतीय युवाले ती युवतिलाई केही प्रलोभन देखाइ, आफ्नो अधीनमा राखी अपहरण शैली बेपत्ता गरेको परिवार श्रोतको भनाइ छ ।युवतीसङ केही नगद र सुनका गरगहना सहित फरार रहेको युवतीका मामा डम्बर जनालाले जानकारी दिएका छन्।