गृह मन्त्रीद्धारा प्रहरीलाई नियममा चल्न निर्देशन



 

सैघाली खबर
काठमाण्डौ १६ फाुगनगृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी अधिकारीहरुलाई संगठनको नियम अनुसार रहन निर्देशन दिनु भएको छ ।बुधबार प्रहरी मुख्यालयको निरीक्षणपछि प्रहरी अधिकारीहरुलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो ।प्रहरीको बृत्तिविकासदेखि ऐन नियमसम्म बनाउन गृहले सहयोग गर्ने, तर ‘यसका लागि दायाँबायाँ नगर्न’ पनि गृहमन्त्री थापाले प्रहरी अधिकारीहरुलाई सुझाव दिए। सरुवा–बढुवाका लागि नेताहरुको दैलो धाउने प्रबृति बढिरहेका बेला गृहमन्त्री थापाले सांकेतिक रुपमा त्यसो नगर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिनु भएको हो ।

‘बहुमतको सरकार भएकाले पहिलाको जस्तो अवस्था हुँदैन, तर यहाँहरुको सहयोग चाहिन्छ,’ थापाको भनाई उद्दृत गर्दै एक वरिष्ठ प्रहरी अधिकारीले भने ‘प्रहरीको अवस्था र इतिहासका बिषयमा मलाई जानकारी छ, तपाईहरु आफ्नो ठाउँमा रहनुहोला।’प्रहरीलाई आवश्यक र अनिवार्य बनेका ऐ नियम बनाउने प्रक्रिया तत्काल अघि बढाउने बताएका गृहमन्त्री थापाले प्रहरीको पूर्वाधार विकास र अन्य आवश्यक साधनस्रोतका लागि समेत मिलेर बढ्ने बताउँनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्