तर पनि तिमीलाई छैन कुनै चिन्ता



सरकार तिमी रेमिट्यान्समा रमाउने
हाम्रो युवा खाडी अरबमा पलायन
तर पनि तिमीलाई छैन कुनै चिन्ता

शिक्षामा परिवर्तन चाहेनाै सरकार तिमीले
अंग्रेजीकरणसँगै विद्यार्थी विदेश पलायन
तर पनि तिमीलाई छैन कुनै चिन्ता

साक्षर र शिक्षित मात्रै बनायाै तिमीले
उत्पादन र सीपको बेवास्ताले शिक्षित भयो बेरोजगार
तर पनि तिमीलाई छैन कुनै चिन्ता

ग्लोबलाइजेसनको नाउँमा पराधीन हुँदा नि
देशभक्त र स्वाभिमानी विद्यार्थी बनाएनाै तिमीले
तर पनि तिमीलाई छैन कुनै चिन्ता

हरेक चाडपर्वमा स्वदेश फर्किने नेपाली
हिजोआज कुन बाध्यताले जान थाले विदेश
तर पनि तिमीलाई छैन कुनै चिन्ता

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्