आईसीसी टी-२० विश्वकप : नामिबियामाथि भारतको सानदार जित



एजेन्सी । आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिइसकेका भारत र नामिबियाबीचको खेलमा भारतले सानदार जित निकालेको छ ।

सोमबार राति यूएईको दुबईमा भएको खेलमा नामिबियाले दिएको १३३ रनको लक्ष्य पछ्याउँदै भारतले २८ बल अघि मात्रै एक विकेट गुमाएर भेट्टायो ।

भारतका लागि के एल राहुलले नकआउट ५४ र सूर्यकुमार यादवले २५ रन बनाउन सफल भए । रोहित शर्मा ५६ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । उसका लागि डेविड वाइजले २६ र स्टेफिन ब्राडले २१ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३/३ विकेट लिए ।

भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ जित र ४ हारसहित २ अङ्कका साथ पाँचौँ स्थानमा रहेर विश्वकपको अन्त्य गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्