“तिम्रै छोरी तरुनी हामीलाई के को दोष ” नामै यस्तो छ ,कस्तो होला फिल्म ट्रेलर सहित



पछिल्लो समयमा हाँस्य विधाका चलचित्रहरुले धमाधम सफलता पाईरहेका बेला निर्माणकर्ताहरु पनि यही विधाका चलचित्र निर्माणमा हौसिएका छन् । यसरी नै आम दर्शकहरुको मनोभावलाई बुझेर निर्माण गरिएको चलचित्र हो उनकै छोरी तरुनी हामीलाई के को दोष । जय किशन बस्नेतले आफूलाई हास्य रसको नायकको रुपमा दर्शक सामु पहिचान बनाई सकेका छन् । उनले हाँस्य रसमा अभिनय गरेका अधिकांस प्रस्तुतिहरु दर्शकहरुले पनि मन पराएका छन् । यसरी उनले अभिनय गरेको नाम अनुसारकै बिवाहको मौसम पारेर प्रदर्शनको मिति तय गरिएको चलचित्रको नाम हो तिम्रै छोरी तरुनी हामीलाई के को दोष रु

हरेक अभिभावकहरुलाई आफना हुर्किएका सन्तानहरुको बिवाह गरेर घर बसाई दिने रहर हुन्छ नै । अझ हुर्किएकी छोरीको बारेमा त अभिभावकहरु अझै सचेत हुन्छन् तर सचेत हुँदा हुँदै पनि केही न केही गडबडी त भई नै हाल्छ । आखिर त्यो गडबडीमा दोष कसलाई दिने रु पुरानो नेपाली उखान नै पनि छ तिम्रै छोरी तरुनी हामीलाई के को दोष रु यो उखानलाई लिएर निर्माता दिलाराम सापकोटाले पनि चलचित्रको निर्माणमा हात हालेका हुन् ।

हाल हाँस्य जनराका चलचित्रहरुले धमाधम दर्शक पाई रहेका बेला यो चलचित्रको निर्माण समूहले पनि यही शैली अपनाएको छ । क्लासिक फ्रेमको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको प्रस्तुतकर्ता ईन्द्र दोङ ९खम्बे० हुन् भने कार्यकारी निर्माता सुदन धिताल रहेका छन् । जनकराज अधिकारीको छायाँकन, देव महर्जनको द्वन्द, शिव बि।क। र जय किशन बस्नेतको नृत्य तथा संजय लामा ९बल० को सम्पादन रहेको चलचित्रमा जय किशन बस्नेत, विष्णु सापकोटा ९हर्के हवल्दार०, महिमा सिलवाल, सुरबिर पण्डित ९दारी बा०, प्रकाश दाहाल, सुदन धिताल, मान बहादुर तामा, टिका थापा, दिलाराम सापकोटा, स्व। दिपेन शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

श्री बालाजी फिल्मस्का लागी सुनिल मानन्धरले वितरणको जिम्मा लिएको तिम्रै छोरी तरुनी हामीलाई के को दोष को प्रदर्शनी यही फागुन १८ गते देखि गरिने भएको छ । आम दर्शकहरुले भरपुर मनोरञ्जन लिने विस्वास निर्माण युनिटले लिएको छ । filmyzoom.com बाट साभार 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्