तरकारीको भाउ छोइनसक्नु : कुनको मूल्य कति ?



काठमाडौँ। दसैँ, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन।अधिकांश तरकारीको मूल्य छोई नसक्नु छ।कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ६५ रुपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधवार एक सय ३० रुपैयाँ पुगेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधवार हरियो सागको मूल्य दुई सय रुपैयाँ किलो पुगेको छ। साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रुपैयाँभन्दा बढी छ। कालीमाटीमा स्थानीय काउली एक सय २० रुपैयाँ, टमाटर ८० रुपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०,घिरौँला ९०,काँक्रो एक सय ४०,करेला एक सय २०,आलु ७१ रुपैयाँ किलोमा बिक्री भएको छ।

कालीमाटीको तुलनामा उपभोक्ताले खरिद गर्ने खुला बजारमा अझै महँगो छ। तरकारी खुल्ला बजारमा किलोमै ५० रुपैयाँसम्म महँगो छ। खुल्ला बजारमा टमाटर एक सय ३० रुपैयाँ किलो पुगेको छ। त्यसै गरी,खुला बजारमा काउली एक सय ५०,बोडी एक सय ६०,भिण्डी एक सय २०, सिमी एक सय ४०, घिरौँला एक सय, काँक्रो एक सय ५०,करेला एक सय ३० रुपैयाँ किलोमा बिक्री भएको छ।

तरकारी धेरै महँगो भएपछि न्यून आम्दानी भएकालाई निकै कठिन भएको छ। तरकारी पाउकै ५० रुपैयाँ तिर्नु परेपछि उपभोक्ताले प्रयोगमा पनि कटौती गरेका छन्। होलसेल हुँदै खुद्रा बिक्रेताको पुग्दा उपभोक्ताले अझै धेरै तरिनुपर्ने बाध्यता छ। तरकारीको खरिद नै महँगो भएकाले धेरै मूल्यमा बिक्री गर्नुपरेको ढुंगेधारका तरकारी व्यापारी राम सिलवालले बताए। यो समाचार नागरिक दैनिकमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्