दिपक बोहरा, तुलसीपुर १६ फागुन ।
सिरियामा निहत्था नागरिक र बालबालिका माथि भइरहेको श्रृंखलाबद्ध बम आक्रमणको बिरुद्धक दाङको तुलसीपुरमा प्रदर्शन गरिएको छ । दाङ फिमेना गु्रप, दाङ युनिटि र डब्लजेएफको आयोजनामा तुलसीपुरको बिरेन्द्र चोकबाट निकालिएको बिरोध ¥यालीले तुलसीपुर बजारमा परिक्रमा गरी पुनः बिरेन्द्र चोकमा आएर बिरोध सभा गरिएको थियो । बिरोध पर्दशनको नेतृत्व फिमेना गु्रपबाट शिक्षा श्रेष्ठ, दाङ युनिटीबाट आकाश बोहरा, नुपुर गुरुङ, डब्लुजेएफ गु्रपबाट आभास रेगमीले नेृतृत्व गरेका थिए ।
बिरोध कार्यक्रममा सिरियाको नक्सा बनाई (प्रोटेक्ट चाईल्ड फ्रम वार) बालबालिकालाई युद्धबाट बचाउनु पर्ने माग गरेर बिरोध स्वरुप मैनबत्ती बालिएको थियो । मानव सभ्यता र मानवीय संवेदना समेत गुमाएर बर्बरता पूर्वक बम आक्रमण गरी बालबालिका सहित सयौँ सर्वसाधारणको क्रूरूर हत्या भएको भन्दै आन्दोलन उत्रिएको दाङ फिमेना गु्रपकी शिक्षा श्रेष्ठले जानकारी दिईन् ।
साथै मृतक बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सिरिया सरकार
ले रुसी सेनाको समर्थनमा सोमबार विभत्स हत्या गरेको विरोधमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको श्रेष्ठले जानकारी दिईन् । उनले ‘सिरियामा भएको घटना प्रति आक्रोस व्यक्त गर्दै विश्वका कुनै पनि देशमा यस्तो हुनु राम्रो नभएको बताईन् ।
सिरियाको बालबालिका माथि भएको अत्याचार देख्दा आफूलाई मानव सभ्यता नै हराएको जस्तो अनुभव भएको उनको भनाई थियो । सिरियामामा विगत नौ दिन देखि जारी भीषण बमबारीका कारण हालसम्म कम्तीमा पनि ५४१ जनाको मृत्यु भइसकेको छ । जसमा कम्तीमा १३० बालबालिका छन् ।
एकपछि अर्को आक्रमण गरी सर्वसाधारणको हत्या गरिएपछि राष्ट्रसंघले सिरियालाई पृथ्वीको नर्क हुनबाट रोक्नुपर्ने भन्दै युद्धविरामका लागि पुनः आग्रह गरेको छ । सिरियामा सन् २०११ देखि निरन्तर रुपमा आक्रमण हुँदै आएको छ । आक्रमणमा निरापराध सिरियाली जनता मारिँदै आएका छन् । त्यसमा पनि दूधे बालबालिका युद्धमा मारिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।