यसपटक पनि साढे ३ किलोमिटर लामो घस्रिए मेयर पराजुली




विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् ।

हिजोदेखि व्रत बसेका पराजुलीले यस बर्षको छठमा घिस्रिदै यात्रा गरेका हुन् । सडकमा दण्ड प्रणाम गर्दै उनले यात्रा गरेको यो सँगै १८ पटक भएको छ । उनी २० वर्षदेखि छठकाे व्रत बस्दै आएका छन् ।

उनले विराटनगर तीन ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा रहेकाे पूजास्थलसम्म करिब साढे तीन किलोमिटर दण्ड प्रणाम यात्रा गरेको बताए । गत बर्ष पाँच घन्टा लगाएर यात्रा गरेको मेयर पराजुलीको भनाइ छ ।

पारजुलीसँगै उनका भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा गरेका छन् । उनले ६ बर्षदेखि निरन्तर काकासँगै घस्रिएर दण्ड प्रणाम यात्रा गरिरहेका छन् । कोरोनाबाट संसारलाई मुक्त गराउनका लागि यात्रा गरेको उनले बताएका छन् । उनले भने, ‘लोककल्याण र शान्तिको कामना गर्दै मैले दण्ड प्रणाम यात्रा गरेको हुँ । यो पटककाे मेराे यात्रा अन्तिम हाे ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्