५ नं. प्रदेशको श्रोत साधन बाटफाटका बिषयमा गृहकार्य सुरु



सैघाली खबर
बुटवल १७ फागुन । प्रदेश तथा स्थानीय तहमास्रोत संकलन र बाँडफाँटमा विवाद हुन नदिन प्रदेश ५ मा गृहकार्य शुरु भएको छ । वित्तिय आयोगको अगुवाइमा बुटवलमा प्रदेश सभा र स्थानीय तहका प्रतिनिधि र कार्यालय प्रमुखलाई कर तथा राजश्व संकलन र बाँटफाँटबारे सहजीकरण थालिएको हो । दुवै सरकार अहिले कानुन निर्माणका क्रममा रहेकाले स्पष्ट कानुन बनाउन छलफल थालिएको आयोगले जनाएको छ । भौतिक पुर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले कतिपयमा स्थानीय तह र प्रदेश दुवैमा अधिकार रहेकाले तिनमा विवाद आउन नदिन दुवै सरकारका प्रतिनिधि बसेर अभ्यास थालिएको बताउनुभयो । संविधानले प्रदेश सरकारलाई घरजग्गा दर्ता, सवारी साधन, मनोरञ्जन विज्ञापन, पर्यटन , कृषि आयकर, सेवा शुल्क र दण्डजरिवाना कर संकलनको जिम्मा दिएको छ । यसमध्ये कृषि आयकर बाहेक अरु विषय स्थानीय सरकारमा समेत उल्लेख छ । संघबाट प्राप्त हुने निशर्त, सशर्त, र समपुरक अनुदानको व्यवस्था र त्यसको परिचालनबारे समेत प्रदेश र सरकारलाई मार्गदर्शन दिने वित्तिय आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्