समाचार

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो औपचारिक बैठक राजधानी भालुवाङमा

By Saru Sunar

November 14, 2021

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो औपचारिक बैठक राजधानी भालुवाङमा केन्द्रीय उपाध्यक्ष उदय जीएमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बैठकका निर्णयका सारांश : १) प्रदेशभित्रका सबै पत्रकारहरूको दुर्घटना बिमा गर्ने । २) पत्रकार कल्याणकारी कोष स्थापना गर्ने । ३) शीत गङ्गा नगरपालिकाबाट प्राप्त करिब ३ रोपनी जग्गामा सुविधा सम्पन्न र भव्य प्रदेश कार्यालय भवन निर्माण गर्ने । अध्यक्ष वसन्त गिरीको संयोजकत्वमा भवन निर्माण समिति गठन । ४) अन्तर्राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा आयोजना गर्ने । ५) विभिन्न ५ विभागहरू गठन । सङ्गठन विभागको संयोजक महासचिव विक्रम खड्का, प्रकाशन विभाग संयोजक केशरमान बुढाथोकी,अनुशासन विभाग संयोजक शुक्र ऋषि चौलागाईं, महिला विभाग संयोजक चुमा आचार्य, समावेशी विभाग संयोजक शिव सुनार । प्रकाशन विभागले “लुम्बिनीको पत्रकारिता” नामक इतिहास लगायतका पुस्तक प्रकाशन गर्ने । ६) रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासङ्घको शाखा गठन गर्ने । ७) प्रदेशसभामा पेस भएको सन्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरी पुनर्लेखन गर्न प्रदेश सरकारसँग माग । ८) भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने शीत गङ्गा नगरपालिका र पहल गर्ने महासङ्घको अर्घाखाँची शाखाप्रति धन्यवाद तथा आभार प्रकट । ९) प्रदेश समितिका सदस्य विन्दुकुमार चौहानको निधनप्रति शोक प्रस्ताव पारित । इत्यादि… ।