वाम गठबन्धन र फोरम बैठक निस्कर्षविहीन



काठमाडौं : एमाले–माओवादी र संघीय समाजवादी फोरमको वार्ता विनानिस्कर्ष टुंगिएको छ। बैठकमा सहभागी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार छलफल भएका विषयहरुलाई आफ्नो पार्टीमा पनि आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले फेरि बस्ने गरी सकिएको जानकारी दिए।  ‘संविधान संशोधनमा लगभग सहमति जुटेको छ।’ उनले भने, ‘अन्य माग र मुद्दामा सहमति जुट्न बाँकी रहेकाले फेरि बस्ने गरी बैठक सकियो।’  एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्