जितपछिको खुशियालीमा अष्ट्रेलियाली खेलाडीहरुले रक्सी जुत्तामा हालेर पिए (भिडियोसहित)



काठमाडौँ ।   अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । सात बल बाँकी छँदै लक्ष्य हासिल गरेपछि अस्ट्रेलियाले क्रिकेटका सबै फरम्याटमा उपाधि जितेको छ ।

उपाधि जितेका अस्ट्रेलियाली खेलाडीहरूले जितपछिको खुसीयाली मनाउँदा अनौठो सेलिब्रेसन गरेका छन्। यति बेला  उनीहरूले मनाएको खुसीयालीको तस्बिर र भिडियो भाइरल भइरहेका छन् । अस्ट्रेलियाली खेलाडीहरूले मनाएको उत्सवको भिडियो आइसिसीले आफ्नो ट्विटर ह्यान्डलमा पोस्ट गरेको छ ।

https://twitter.com/ICC/status/1460050405778284546?s=20

भिडियोमा मार्कुस स्टोइनिस, म्याथ्यु वेड लगायत खेलाडी देखिएका छन् ।  यी जब वेडले आफ्नो जुत्तामा रक्सी पिए, स्टोइनिसले उनको पछाडि उस्तै विजयको उत्सव मनाइरहेको देखियो । यो भिडियो सार्वजनिक भएदेखि नै निकै चर्चामा छ। यसबारे मानिसहरूले विभिन्न कुराहरू पनि गरिरहेका छन् ।

जुत्तामा बियर हालेर पिउने अस्ट्रेलियाको पुरानो परम्परा हो । यो परम्परालाई शुइ भनिन्छ । यो प्रथामा धेरैजसो जुत्तामा बियर हालेर पिउँछन् । केहीले भने जुत्तामा ह्वीस्की वा अन्य मदिरा पनि हालेर पिउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्