खसीकप फुटबल प्रतियोगितामा पत्रकार समूह विजयी



तुलसीपुर,१७ फागुन ।
रेडियो हाम्रो पहुँचको आयोजनामा भएको खसीकप मैत्रीपुर्ण फुटवल प्रतियोगीताको उपाधि पत्रकारको समुहले जितेको छ ।

रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारहरुका विचमा भएको प्रतियोगीतामा पत्रकार समुहले ६–२ ले जितेको हो ।

सुरुदेखि नै अत्यन्त दवावमा रहेपनि पत्रकार समुहबाट टिम क्याप्टेन विमल गौतमले २ , देवराज भण्डारीले १, कमल कृष्ण काफ्लेले १, नविन भण्डारीले १ र अन्त्यमा सञ्तोष वलीले १ गोल गरेपछि पत्रकार हरुको समुहको जीत सुनिस्चित भएको हो ।

हाम्रो पहुँच रोडियोको तर्फवाट विकाश नेपाली एक्लैले २ गोल गरेका थिए ।

तुलसीपुरको अरनिको मैदानमा विहीवार विहान भएको प्रतियोगीतामा तुलसीपुर निवासी टोपबहादुर महतराले ११ हजार बरावरको खसी उपहारको व्यवस्था गरेका थिए ।

प्रतियोगितामा रेडियो हाम्रो पहुँचका अध्यक्ष शुक्रराज भण्डारी र टोपबहादुर महतराले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमको सहजीकरण रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेलले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्