१७ फागुन
काठमाडौं । जथाभावी रङ हानेको आरोपमा प्रहरीले दुई दर्जन भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार काठमाडौंका कालिमाटी, नयाँ बसपार्क, बाफल लगायतका क्षेत्रबाट २७ जनालाई जबरजस्त रङ हानेको आरोपमा नियन्त्रणमा परेका हुन् ।
त्यसैगरी नियम विपरित चलाइएका १ सय भन्दा बढी सवारी सधान पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुमध्ये केही सामान्य सोधपुछमा छुटेपनि केहीमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।
यसअघि नै प्रहरीले होलीलाई मर्यादित बनाउन भन्दै जबरजस्त रङ तथा लोला नहान्न भनेको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।