प्युठानमा माओवादी र जनमोर्चावीच चुनावी तालमेल हुदै



Pyuthan

३१ जेठ, प्युठान । प्युठानमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्ने निर्णय गरेका छन् । प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका र गौमुखी गाउँपालिकामा माओवादी र जनमोर्चावीच तालमेल भएको हो ।
सहमतिअनुसार प्युठान नगरपालिको मेयरमा माओवादीले र उपमेयरमा जनमोर्चाले उम्मेदवार उठाउनेछन् । यसैगरी स्वर्गद्वारी नगरपालिकामा जनमोर्चाले मेयरमा र माओवादीले उपमेयरमा उम्मेदवारी दिनेछन् ।

तालमेलअनुसार गौमुखी गाउँपालिकाको अध्यक्षमा माओवादीले जनमोर्चालाई र उपाध्यक्ष पदमा माओवादीलाई जनमोर्चाले सघाउने छन् ।

सहमति पत्रमा माओवादी प्युठान जिल्ला संयोजक नाराणप्रसाद अधिकारी र राष्ट्रिय जनमोर्चाको अध्यक्ष कृष्णबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

अधिकारी र खड्काले संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा सहमतिअनुसार एकअर्का दलका उम्मेदवारलाई सहयोग र समर्थन गर्न पार्टी कार्यकर्ताहरुलाई अनुरोध गरिएको छ ।

यसअघि एमाले र जनमोर्चाले प्युठानमा तालमेल गर्ने निर्णय गरेका थिए । तर, एमालेले जनमोर्चालाई धोका दिएपछि माओवादी र जनमोर्चा मिलेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्