विप्लव पक्राउ पूर्जीलाई हल्लाकारुपमा लिन हुँदैनः दिपेस पुन, उपाध्यक्ष अखिल क्रान्तिकारी



१७ फागुन
काठमाडौं । अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको नाममा जारी पक्राउ पुर्जीलाई हल्ला रुपमा लिन नहुने धारणा राखेका छन् ।
पक्राउ पुर्जी राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्र विषयसँग जोडिएको भन्दै दिपेशले गम्भीर र परिपक्क रुपमा नलिए नेपाली राजनीतिमा दुरगामी असर पर्ने बताएका छन् ।
दिपेस उपराष्ट्रपति नन्दपिसोर पुनका पुत्र हुन ।
भोजपुर जिल्ला अदालतको आदेशमा प्रहरीले कपिलवस्तु स्थित विप्लवका दाजु चन्द्र बहादुर चन्दको घरमा मंगलबार प्रहरीले पक्राउ पुर्जी टाँसेको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चन्द्रौटा इलाका प्रहरी कार्यालयलाई विप्लवलाई पक्राउ गर्न आदेश सहितको पत्राचार पनि गरेको छ ।
पक्राउ पुर्जी पहिलेको भएपनि माओवादी केन्द्रका नेता रामबहादुर थापा गृहमन्त्री भएलगत्तै विप्लवको घरमा पूर्जी टाँसिएको हो । यसले गृहमन्त्री दमनमा उत्रन सक्ने अनुमान पनि गरिको छ । उद्यपी पक्राउ पुर्जी नयाँ भने होइन ।
त्यसैगरी नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाको सुर्खेतको बलियास्थित पूर्ख्यौली घरमा पनि पक्राउ पुर्जी टाँसिएको छ।
नेकपाले बुधबार विज्ञप्ति जारी गरेर पक्राउ पुर्जी र कानुनी धम्कीलाई खारेज गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा जनसत्ताले पक्राउ पुर्जी टाँस्ने चेतावनी दिइएको छ । पक्राउ पुर्जी र नेकपाको विज्ञप्तिले राजनीतिमा विभिन्‍न चर्चा चलिरहेको बेला उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशले सामाजिक संजालमा यसो लेखेः परिवर्तित परिस्थितिमा विप्लवलाई पक्राउ गर्ने आदेश सहितको पुर्जी जारी हुनुले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय विषयसँग जोडिएको छ ।
यसको समाधानको बाटो समयमै गम्भीर र परिपक्क रुपले लिएन भने यसको दुरगामी प्रभाव नेपाली राजनीतिमा पर्नेवाला छ । सबैलाई चेतना भयाः ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्