समाज सेवी महेश चौधरीको व्यक्तिगत लगानीमा प्रथम गोल्ड कप सम्पन्न 



सिराहा लहान । सिराहाको लहान नगरपालिका  वडा नम्बर १५ बानो स्थित सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा सञ्चालित प्रथम गोल्ड कपको फाइनल खेल सम्पन्न भएको छ ।

पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको थियो।फाइनल खेलमा प्रथम हुनेलाई मेडलसहित ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार दिइने बानो फुटबल क्लबका अध्यक्ष आनन्द चौधरीले जानकारी दिए ।

फाइनल खेलमा बानो फुटबल क्लब बानो १ – ० ले विजय हुनु भएको छ । बानो फुटबल क्लब बानो र गोल बजार स्पोर्ट्स क्लब गोल बजार दोस्रो र बानो फुटबल क्लब प्रथम र स्पोर्ट्स क्लब गोल बजारले दोस्रो हुनुभएको थियो।
फाइनल खेलको समय दुवै टिमलाई ४० – ४० मिनेटको समय दिएको थियो। उक्त खेलमा गोल बजारको बिनु मगरले उत्कृष्ट खेलाडी हुनु भएको थियो। र म्यान अफद सिरिज र गोल गर्ने खेलाडी कृपा सिन्धु चौधरी रहनु भएको स्थानीय दिपेन्द्र चौधरीले जानकारी दिनु भयो ।

खेल समापन पछि समाज सेवी महेश चौधरी र पूर्व मन्त्री पदम नारायण चौधरीले प्रथम र दोस्रो हुने टिमलाई  घोषणा गरेको रासीको पुरस्कार वडा अध्यक्ष तेज नारायण चौधरीको रोहबरमा प्रदान गरेका थिए।

दोस्रो दिनको खेल समसेरपुर सप्तरी र बिएफसि सिराहा बिच हुन्छ भने दिउँसो १ बजेको खेल जिवाईसी धनुषा र गोलवजार स्पोर्ट्स एफसी सिराहा बिच हुने आयोजक प्रतिष्ठानको अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो।

खेलको उद्घाटन नेपाली काँग्रेसका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य पदमनारायण चौधरीले गरेका थिए । मन्तव्यको क्रममा चौधरीले कुलतबाट बचाउन युवाहरूलाई खेलतर्फ आकर्षित गर्नुपर्ने थिए ।

समाजसेवी कर्माचार्यको कोरोनाकालमा गरिब विपन्न बस्तीमा राहत वितरण गर्ने क्रममा कोरोना सङ्क्रमित भई मृत्यु भएको थियो। उनको समाजसेवाको सपना अनुसार मृत्यु भएको दिन हरेक महिना २२ गते प्रतिष्ठान मार्फत समाजसेवा कार्यलाई अगाडि बढाएको प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो।

श्रीमती सङ्गीता कर्माचार्यको सम्झनामा सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा खेलकुद प्रतियोगिताको आयोजना गरेको समाजसेवी महेश चौधरीले बताउनुभयो ।

२०७८ जेठ २२ गते मेरो श्रीमती सङ्गीता कर्माचार्यको कोरोनाको कारण अकालमा मृत्यु भएको छ , सम्झना स्वरूप प्रत्येक महिनाको २२ गते सामाजिक काम गर्ने प्रतिबद्धता गरेअनुरूप आज खेलकुद प्रतियोगिता सञ्चालन गरेको र यस प्रतियोगितामा मेरो व्यक्तिगत तर्फबाट लाखौँ खर्च भएको उनले सुनाए ।

समय अभावको कारण पहिलो दिनको खेल ४० मिनेटको थियो। पहिलो २० मिनेटको हाफ र दोस्रो हाफमा दुधौली एकता क्लबको खेलाडीले गोल गरेका थिए।

उदघाटन समहरोहमा समाजसेवी तथा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य महेश चौधरी,नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अच्छ्मित लाल चौधरी ,वडा न.१५ का वडा अध्यक्ष तेजनारायण चौधरी,समाजसेवी बिरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो।खेलको सम्पूर्ण खर्च समाज सेवी महेश चौधरीले बेहोर्नु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्