आज बुधबार सुनको मूल्य ओरालो लाग्यो , तोलाको कति ?



आज बुधवार सुनको मूल्य ओरालो लागेको छ। आज मङ्गलवारको तुलनामा सुन ५०० सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांकानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएको छ यसको मूल्य मङ्गलवार प्रतितोला ९४ हजार ३०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ। चाँदी आइतबार प्रतितोला एक हजार २९० मा कारोबार भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्