तराइमा आज होली मनाइँदै



सैघाली खबर
दाङ,१८ फागुन

दाङका बजारहरु होलीका लागि चाहिने अविर तथा रंग र लोलाले भरिभराउ छन् । केटाकेटी, युवा युवती होलीका लागि चाहिने आवश्यक सामग्री खरिद गरिसकेका छन् । विहीबार दिउँसो बजारहरुमा होली लेखिएको टिसर्ट छपाउने, अविर लोलाहरु खरिद गर्न हरार भएकाहरु देखिन्थे । घोराही उपमहानगरपालिका–१५ सहिदगेट रोडमा रहेको कनेक्टिभ प्रिन्टर्स सोलसनकी कर्मचारी बर्षा बुढाथोकीले होली टिसर्ट छाप्नेहरुको संख्या बढेको जानकारी दिनुभयो ।

होली आउनु केही दिन पछिले वाट आफुले चाहेको जस्तो होली टिसर्ट छाप्न आउने गरेको उहाँको भनाई छ । घोराही क्षेत्र तथा वाहिर वाट पनि युवायुवतीहरु टिसर्टका लागि आउने गरेको जानकारी दिनुभयो । बिहीबार मात्रै सयौ युवा युवती र बयस्कहरुले पनि होली टिसर्ट खरिद गरेको उहाँले बताउनुभयो ।

यस्तै तुलसीपुर चोकमा ठेलामा लोला तथा अविर वेच्नका लागि बसेका लक्ष्मण गुप्ताले व्यापार राम्रो भएको तथा होलीका लागि आवश्यक सामान किन्न आउनेहरुको संख्या धेरै भएको वताउनुभयो । केटा केटी, युवा युवतीहरु होली सामाग्रि किन्न आएको उहाँको भनाई छ । पहिलेको तुलनामा पछिल्लो समय होलीको रौनक वढ्दो छ । एकआपसमा रंग दलेर खुशी साट्ने चलन बढेको छ । होलीकै अवसरमा दाङका विभिन्न स्थानहरुमा कार्यक्रमको आयोजना गरिएका छन् । सरकारी कार्यालय देखि लिएर विभिन्न संघ संस्था, क्लव टोल विकास संस्थाहरु होली कार्यक्रमको आयोजना गर्ने गर्छन् ।

 

दाङको मुख्य बजार घोराही, तुलसीपुर, नारायणपुर, विजौरी, लमही, भालुवाङ लगायतका स्थानमा विभिन्न क्वल तथा संस्थाले कार्यक्रमको आयोजना गरेका छन् । गाउँमा पनि कार्यक्रम तथा समुह वनाएर होली खेल्ने योजना वनेका छन् । विहीबार हिमाली तथा पछाडी भेगका नागरिकले उत्साहका साथ होली मनाएका थिए भने भने आज तराई क्षेत्रमा होली मनाइदैँ छ ।

 

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गर्ने चलन छ । होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको बताइन्छ । स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् ।

 

होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ । फागु पूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ ।

 

प्रहरीको आग्रह

यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले ईच्छा विपरित र प्रचलित कानुन विपरित होली नखेल्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयले एक अनुरोध पत्र सार्बजनिक गर्दै प्रचलित कानुनको अधिनमा रही होली खेल्न भनिएको छ । होलीमा कसैको ईच्छा विपरित होली खेल्न नपाइने भन्दै कानुनको पनि ख्यायल गर्न आग्रह गरिएको छ । होलीमा बढी जबरजस्ती होली खेल्न समस्या हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय दाङले ईच्छा विपरित र कानुनको उल्लंघन हुने गरी होली खेलेको पाइएमा कारबाही हुने जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयले विगतका होलीहरु मर्यादित भएको जनाउँदै जिल्लामा आज खेलिने होलीलाई पनि मर्यादित बनाउन अनुरोध पत्रमा उल्लेख गरिएको छ । २० बँुदे अनुरोध पत्र सार्बजनिक गर्दै जिल्ला प्रहरी कार्यालय दाङले रमाइलो गर्ने नाममा अनाहकमा कारबाहीको भागीदार हुनबाट बच्न जिल्लाबासीमा अनुरोध गरेको छ । जिल्ला प्रहरी प्रमुख एस पि दुर्गा सिंहले होलीलाई मर्यादित गराउनका लागि जिल्लाभरका प्रहरी युनिटका माध्यमबाट यस्तो अनुरोध गरिएको बताउनुभयो ।

 

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रबक्ता रामप्रसाद घर्ती मगरले होली पर्वलाई मर्यादित बनाउनका लागि अनुरोध पत्र सार्बजनिक गरिएको र होलीलाई मर्यादित बनाउनका लागि सुरक्षा परिचालनलाई पनि ध्यान दिइएको जानकारी दिनुभयो । चाडपर्वमा बढी होहल्ला हुने भन्दै प्रहरीले कानुन विपरित हुने कार्यलाई निरुत्साहित गर्नका लागि पुर्व तयारी गरेको प्रबक्ता घर्ती मगरले जानकारी दिनुभएको छ ।

 

प्रहरीले होलीलाई मर्यादित बनाउनका लागि जिल्लाबासीलाई सचेत बनाउँदै परम्परालाई बचाई राख्न र कानुनको पालना गर्नका लागि ध्यान दिन अनुरोध गरेको छ । आफ्नै कारणले आफ्नो ज्यान जोखिममा हुने भन्दै प्रहरीले आफ्नो सुरक्षाका लागि भए पनि संयमित भएर होली खेल्न अनुरोध गरेको छ । अनुरोध पत्रमा मादक पदार्थ सेवन गरी हो—हल्ला नगर्न, अपरिचित ब्यक्तिहरुलाई रंग नदल्न, रंग÷होली खेल्दा कसैलाई पनि दुब्र्यबहार नगर्न, सडक हिड्ने ब्यक्तिहरुलाई होली तथा पानीले नछ्याप्न, आँखा, कान जस्ता संबेदनसिल अंगहरुमा रंग तथा अबिरहरुको प्रयोग नगर्न अनुरोध पत्रमा भनिएको छ ।

 

यसैबीच कसैलाई पनि ईच्छा विपरित जबरजस्ती रंग नलगाउन, कडा प्रकारको केमीकलयुक्त रंगहरुको प्रयोग नगर्न, पट्का तथा पट्काजन्य पदार्थ नपट्काउन अश्लिल तथा छाडा गीतहरु नवजाउन अनुरोध पत्रमा भनिएको छ । अत्याधिक ठुलो आवाजमा गीत नबजाउन, गाँजा, भाङ जस्ता जस्ता लागु औषधजन्य पदार्थको प्रयोग नगर्न, विना हेल्मेट मोटरसाइकल नचलाउन, सवारी साधन सिमित गतिमा चलाउनुपर्ने, बहुमुल्य गरगहना लगाई होली नखेल्न भनेको छ ।

 

यसैगरी बजार तथा सडकमा अनाबश्यक भीड नगर्न, सवारी साधन चलाउँदा सिमित गतिमा मात्र चलाउन, मोटरसाइकलमा दुई जनाभन्दा बढी नबस्न, संकास्पद बस्तु देखेमा नचलाई नजिकको प्रहरीलाई खबर गर्न, कानुन विपरित क्रियाकलापहरु नगर्न ÷नगराउनका साथै प्रचलित कानुन विपरित कार्य गरे÷गराएमा कानुन बमोजिम कारबाही हुने जानकारी गराएको छ ।

 

मेयरहरुको शुभकामना

यसैबीच दाङका दुवै उप महानगरपालिकाका प्रमुखहरुले फागुपूर्णिमाको अवसरमा सन्देश जारी गर्नुभएको छ । उहाँहरुले होलीलाई मर्यादित बनाउनका लागि सुझाव दिनुभएको छ । घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विहीबार सन्देश जारी गर्दै होलीले सवै दाजु भाई दिदीवहिनीहरुमा सुख शान्ती र समृद्धि ल्याउन सकोेस भन्नुभएको छ ।

 

नेपालीहरुले हर्षोल्लासपूर्वक रङ्गहरुमा रमाएर मनाइने खुसी, उमंग र उत्साहको पर्व ‘फागु पूर्णिमा’ अर्थात ‘होली’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली एवम् उपमहानगरपालिका निवासी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं उहाँहरुले जारी गरेको सन्देशमा भनिएको छ । उहाँहरुले बेग्ला बेग्लै सन्देश जारी गनुभएको थियो ।
तत्र

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्