बिश्वकर्माले परियार बुहारी स्वीकार नगर्दा मइसरा परियारले गरिन आ’त्मह’त्या



सुर्खेत चौकुने गाउँपालिका घाटगाउ ९ निवासी मइसरा परियारले आफ्नै मोबाइलमा भिडियो रेकर्ड गरि कार्तिक ३० गते विष सेवन गरि आत्महत्या गरेकी छन ।
गत असोज २८ गते स्थानीय सन्जय बिक सग प्रेम गरि बिवाहा गर्न घरबाट निस्केकी परियार केही दिन सन्जयको घर र दुबई जना विभिन्न ठाँउमा पुगेका थिए ।
मृतकका ठुलबुवा बिनोद परियारका अनुसार छोरीका आमाबुबा ईन्डियामा बस्ने हुँदा मइसरा परियार बैनि लिएर पढेर बसेकी थिइन ।१८ बर्षकि परियारले कक्षा १० मा पढदै गरेकि थिइन् । गाउँकै सन्जयबिक सग भागिन केही दिन बसेर फेरि माइत आईन । घरमा सानोजात भन्दै सासुससुराले स्वीकार गरेनन् भन्दै थिइन र मैले नै मेरै घरमा लम्की चुवा राखेको थिए । हामीले अहिले पढने उमेर हो पढ्नु केही भएको छैन बच्चा बुद्धिमा यस्तै हुन्छ भनेर सम्झाएका थियौं ।फेरि कार्तिकको २८ गते केटाले अब बाउआमाले स्वीकार गर्ने भन्नू भएको छ भनी बोलाएर भागिन गते नै केटाको घरमा बिष खाइछन। छोरीले विष खाएको फूपू पुसाजुले देखे पछि उपचारको लागि लम्की ल्याएको र उपचार कैलाली को लम्की चुवा लालरत्न अस्पतालमा उपचार सम्भब नभए पछि नेपालगन्ज उपचारको लागि लैजाने तयारी गर्दागर्दै छोरीको मृत्यु भएको बताएका छन् ।
आफ्नो छोरीलाई प्रेम जालमा पारी इज्जत लुटेर घर परिवारले स्वीकार गरेनन् भन्दै जिन्दगी बर्बाद पारिदिने सन्जय बिक र अहिलेको जमानामा पनि दलित भित्रै सानो जात भनी अस्विकार गर्ने र्टचर दिएर मर्न बाध्य बनाउने सन्जय र परिवारलाई इलाका प्रहरी कार्यलमा आत्महत्या दुरुत्साहनको जाहेरी हालेको बताएका छन् ।
मृतकका बुवा आमा ईन्डिया भएको हुदा हामीले पोस्टमार्टम पछि २ दिन अस्पतालमा लास राखी हिजो घरमा ल्याएको र आज अन्तेस्ठी गर्ने जानकारी दिएका छन् । छोरीको उमेर नपुगेको भए हामी परिवारलाई खबर गर्न पर्ने थियोे , प्रहरीलाई खबर गर्न पर्ने थियोे भित्र भित्र यातना दिएर नै मर्न बाध्य बनाएको भन्दै मृतक परिवारले दोसि माथी हदैसम्मको कारवाहीको माग गरेका छन् ।
इलाका प्रहरी कार्यलय लम्की चुवाका इनेस्पेक्टरले भने हामीकहाँ केटाको नाममा आत्महत्या दुरुत्साहनको मुद्दा आएको र प्रारम्भिक अनुसन्धान प्रक्रिया सकेर जिल्ला प्रहरी कार्यलय बुझाउने तयारी भएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्