Banner First

राेल्पामा बस दुर्घटना : ४ जनाकाे मृत्यु, ११ जना घाइते

By Thaha - Online

November 18, 2021

काठमाडौँ। रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थवाङका लागि दाङको घोराहीबाट छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा पर्दा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरूको पहिचान भने खुल्न सकेको छैन। उनीहरूको घटनास्थलमै मुत्यु भएको जनाइएको छ। सो दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।

बाटो अप्ठ्यारो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घाइतेहरू सबैको उद्धार गरी रोल्पाको स्मृति अस्पतालमा उपचारका लागि लगिएको रोल्पा प्रहरीले जनाएको छ।