अमिता चौधरी
दाङ,१८ फागुन
शरिरलाई मात्र होईन् आत्मालाई पनि ज्ञानद्धारा रङाउन आवश्यक रहेको आज कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र दाङको आयोजनामा आज घोराहीमा भएको होलि मिलन एंव स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राप्ती अंचलका प्रमुख गिता दिदिको अध्यक्षता तथा प्रहरी महानिरिक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले समाजमा शान्ति स्थापना गर्नका लागी प्रहरी सँगै आम नागरिकहरुले पनि हातेमालो गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले होलिपर्वले हरेक नागरिकहरुको मनको द्धोष,ईश्र्याको पनि दहन हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले हाम्रो समाजमा रामराज्य बाताबरणको निर्माण गर्नका लागी पनि सबैको सोचमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बरिष्ठ साहित्यकार गिरिराज शर्माले होलि पर्वले सबैको मनोभावनाको कदर गर्न सक्षम होस्,होलि पर्वका समयमा बाहिर हिड्दापनि सबैकालागी सहजताको बातावरण बन्न आवश्यक रहेको बताउनुभयोे । यसैगरी कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नम्बर १५का अध्यक्ष रमेश कुमार पाण्डेयले हरेक नागरिकले समाजमा आफनो दायित्व र कत्र्तब्यलाई सोचेर एकताका साथ अगाडी बढ्न सक्यो भने देशमा शान्ति स्थापना हुने बताउनुभयो ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय प्युठानका प्रमुख भवानी दिदिको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषाल,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन,राष्ट्रिय लोकदोहरी प्रतिष्ठान दाङका अध्यक्ष प्रेम शर्मा, कलाकार कमल गाँउले,निवृत्त उपसचिब लोकनाथ काफले लगायतले आफनो भनाई राख्नुभयको थियो । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङका ईन्चार्ज उर्मिला दिदिले होलि पर्वका बारेमा प्रश्ट पार्नुभयको थियो ।
कार्यक्रममा ब्रह्मकुमार दिपक भाईले कबिता बाचन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका माधब तिमिल्सीनाले गर्नुभएको थियो । यसैगरी कार्यक्रममा भाईचारा तथा बन्धुन्त्व निर्माणका लागी दिदिबहिनि लगायत सबैजना मिलेर होलि खेलिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।