Banner First

पाकिस्तान: बला’त्कारीलाई केमिकल पदार्थको सुई दिएर आजीवन नपुंसक बनाईने

By Thaha - Online

November 19, 2021

काठमाडौं, मङ्सिर ३ । पाकिस्तानले बला’त्कारीलाई केमिकल पदार्थको सुई दिएर सदाका लागि नपुं’सक बनाउने सजायसहितको कानुन पास गरेको छ। रोयटर्सका अनुसार पाकिस्तानमा बुधवार संसदबाट पास भएको कानुनअनुसार बला’त्कारीलाई अब रासायनिक बन्ध्याकरण गरिनेछ।

‘केमिकल क्यास्ट्रासन’ गरेर बलात्कार गरेको पुष्टि भएका व्यक्तिलाई ‘आजीवन शारीरिक सम्बन्ध राख्न नसक्ने’ गरी अदालतले औषधी प्रयोग गर्न आदेश दिन सक्ने रोयटर्सले उल्लेख गरेको छ। अदालतको आदेशअनुसार तोकिएको मेडिकलले औषधी सिफारिस गर्नेछ।

गत वर्ष प्रधानमन्त्री इमरान खानले बला’त्कारी विरुद्ध नयाँ कानुन ल्याउने बताएका थिए। सोहीअनुरूप उनले ल्याएको विधेयकलाई संसदले पास गरेको जनाइएको छ