सिराहाको शाँन्तीनगर बजारमा कार्तिक कुमर मेलाको आयोजना 



सिराहा, लहान । सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाको शान्तिनगर बजार कार्तिक पुर्णिामा मेलाको आयोजना सँगै शान्तिनगर विकास समितिको सातौँ जन्मोत्सव २०७८को पुनीत उपलक्षमा सखुवानान्कारकट्टी गाउँपालिकाद्वारा सञ्चालित अन्तर मा.बि. स्तरीय हाजिरी जवाफ प्रतियोगिताको भव्य आयोजना गरेको थियो।

बजार व्यवस्थापन समितिको अध्यक्ष राम नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा   सिराहा क्षेत्र नम्बर १ ख को प्रदेश सभा सदस्य अशोक कुमार यादव,विशिष्ट अतिथिमा सखुवानान्कारकट्टी गाउँपालिकाको अध्यक्ष केदारनाथ यादव गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम किशोर महतो,शिक्षा सखा प्रमुख भोगेन्द्र यादव अतिथिहरूमा स्थानीय समाज सेवी शिक्षक भोगेन्द्र प्रसाद यादव,शिक्षक श्त्रुधन प्रसाद यादव,लगायत समाज सेवी बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

कला सांस्कृतिक हाम्रो स्वाभिमान,समृद्ध सखुवानान्कारकट्टी हाम्रो पहिचान मुलनाराको साथ कार्यक्रमको आयोजना गरेका हुन्।सखुवानान्कारकट्टी गाउँपालिका अन्तर गत पर्ने निजी संस्था गत विद्यालय तथा सरकारी विद्यालयका विद्यार्थीहरूले प्रतियोगिता कार्यक्रममा सहभागी रहेका थिए।

सामुदायिक विद्यालय २० मध्ये मावि ४ र अधारभुत विद्यालय १६ मज मावि. सोठीयाईन,माबि महदेवा पोर्ताहा ,माबि महेशवारी ,जनता मावि मौवाही लगायतका विद्यालयका विद्यार्थीहरू प्रतियोगितामा भाग लिएका शिक्षक भोगेन्द्र प्रसाद  यादवले जानकारी दिनु भयो। पढाईमा विद्यार्थीहरूलाई जागरूकता गर्न प्रतियोगिता गरेको सखुवानान्कारकट्टी गाउँपालिका शिक्षा सखा प्रमुख भोग्रेन्द्र यादवले जानकारी दिनु भयो।

आधारभूत तहमा म्युजिकल चेयर प्रतियोगिता कक्षा ३का छात्र र छत्रा, र जेरी दौड, कक्षा ५ छत्रा सहभागी भएका थिए भने मावि तहमा कक्षा ९ र १० का छात्र, छत्राहरु सहभागी रहेका थिए।प्रथम पुरस्कारमा विद्यालय लाई ट्रफि र सहभागी विद्यार्थीहरूलाई मेडल र नेपाली व्याकरण परीक्षा प्याड ओजार बकस लगायतका शैक्षिक सामग्री दिई पुरुकृत गरेका छन्।

उत्कृष्ट ३ प्रथम दुतिय र तृतीय लाई सम्मान पुरस्कार दिई विद्यार्थीहरूको मनोबल लाई बडाबा दिन सम्मान पुरस्कार   दिएका छन्।बजार समिति को अध्यक्ष राम नारायण यादवले जानकारी दिनु भयो उक्त शान्ति बजारमा भव्य मेला र सांस्कृतिक प्रोग्रामहरू समेत रहेका छन्।

साथै सखुवानान्कारकट्टी गाउँपालिका वडा नम्बर १ मा नयाँ निर्माण धिन राम जानकी मन्दिरको समुद्घाटन गर्न प्रदेश सरकारको कृषि मन्त्री विजय कुमार यादवले उद्घाटन गरेका थिए। मठ मन्दिर जोगाउनु हिन्दु धर्मावलम्बीहरूको दायित्व नै रहेको हिन्दु धर्मावलम्बीहरूको भनाई रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्