बसको पट्टा भाँचिदा दुर्घटना, २९ जना यात्रु घाइते



काठमाडौं । दाङको लमही यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको प्रदेश ०२–००१ख०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा बिहान करिब पौने दुई बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइतेहरूको उपचार लमही अस्पतालमा भइरहेको र केहीलाई थप उपचारको लागि कोहलपुर पठाइएको छ। पट्टा भाँचिएपछि अनियन्त्रित भई बस दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्