शिवु खनाल
फागुन १९, दाङ । मोटरसाइकल दुर्घटना हुँदा दाङमा एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक लमही नगरपालिका वडानम्वर ६ निवासी २४ वर्षिय पवन कुवर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । कार्यालयका अनुसार
घाइते कँवरको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते कँवरलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।