मनोरञ्जन

गायिका प्रविशा अधिकारीले गरिन् विवाह

By Thah Online

November 21, 2021

काठमाडौं। गायिका प्रविशा अधिकारीले विवाह गरेकी छन्। आइतबार गायिका अधिकारीले झापाका निर्माण सिटौलासँग विवाह गरेकी हुन्।

‘द भ्वाइस किड्स’मा कोच समेत रहेकी प्रविशा लामो समयदेखि झापाका निर्माण सिटौलासँग प्रेम सम्बन्धमा थिइन्। आइतबार झापाको बिर्तामोडस्थित चारपानेका सिटौलासँग उनले विवाह गरेकी हुन्। उनीहरूको वैवाहिक कार्यक्रम झापाकै एक पार्टी प्यालेसमा भएको छ।

प्रविशा पछिल्लो समयमा निकै रुचाइएकी गायिका हुन्। उनले गाएका दर्जनभन्दा बढी गीतहरू पछिल्लो समयमा निरन्तर चर्चामा रहेका छन्। हालसालै उनी बालबालिका केन्द्रित रियालिटी शो ‘द भ्वाइस किड्स’मा कोचको रूपमा पनि आबद्ध भएकी छन्। गत बिहीबार उनीहरूको इन्गेजमेन्ट भएका थियो।