मङ्गोलहरूको पुर्खालाई मारेर चार्ड पर्व मनाइने हुनाले हिन्दु धर्म मान्दैनौ : राष्कोटी



ओमप्रकाश गुप्ता देउखुरी ६ मंसिर । मङ्गोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य केशु राष्कोटी मगरले मङ्गोलहरूको पुर्खालाई मारेर चार्ड पर्व मनाइने हुनाले हिन्दु धर्म मनाउन छोडेको बताउनु भएको छ । दाङ देउखुरीको गढवा गाउँपालिका १ कालाकाटेमा मङ्गोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङले आयोजना गरेको १ दिने मङ्गोल राष्टबाद सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । प्रमुख अतिथि समेत रहनु भएकी राष्कोटीले हिन्दुका हरेका चार्डपर्वहरु मङ्गोलको हितमा नरेको समेत उहाँले बताउनु भयो । जिल्ला सभा दाङका सचिव प्रिन्स घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गोल नेशनल अर्गनाइजेशनका लुम्बिनी प्रान्तीय सभा अध्यक्ष दिपक थापा मगर, देवबहादुर रोका मगर, पुर्णबहादुर घर्ती मगर, राजबहादुर घर्ती मगर, सुशिल चौधरी, निमबहादुर पुन मगर, खुबीराम थापा मगर, चन्द्रबहादुर गुरुङ, लेखबहादुर कुमाल, अम्मरबहादुर बुढामगर र प्रेम बुढामगर लगायतका वक्ताहरुले बोल्नु भएको थियो । खुमबहादुर गाहामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव प्रिन्स घर्ती मगरले गर्नु भएको थियो । त्यसै गरी कार्यक्रममा रामबहादुर घर्ती मगरको अध्यक्षतमा १३ सदस्यीय गढवा गाउँपालिका स्तरीय मङ्गोल नेशनल अर्गनाइजेशन सभा गठन गरेको छ । जसको सचिवमा प्रेमबहादुर पुनमगर, सहसचिवमा डोरबहादुर बुढामगर र कोषाध्यक्षमा मिनबहादुर ठेडी मगर रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्