रुकुममा २७ वटा मतदानस्थल अति संवेदनशील



ruku,mmmmmmmmm

३१ जेठ, रुकुम । असार १४ गते हुने दोस्रोचरणको चुनावमा यहाँका २७ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ ।
जिल्लाका(५ नंम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका(३१ मतदानस्थलमध्ये चारवटा मतदानस्थल सामान्य रहे पनि २७ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका १४ स्थान, भूमे गाउँपालिकामा रहेका आठ स्थान र सिस्ने गाउँपालिकामा रहेका पाँच स्थान गरेर २७ स्थानलाई अतिसंवेदनशील मानिएको प्रहरीको भनाइ छ ।

ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले बताए । उनका अनुसार एउटा बुथमा कम्तीमा पनि १५ जना म्यादी प्रहरी, ७ नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी र नेपाली सेनालाई खटाउने तयारी भइरहेको छ ।

भौगोलिकरुपले विकट रहेका कारण विप्लब माओवादीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्नसक्ने प्रहरीको अनुमान छ । यसका साथै विकटता कारण मतदाता सहजरुपमा मतदान केन्द्र आउन समस्या हुने, राजनीतिक दलबीच बढी प्रतिस्पर्धा भएको ठाउँमा विवादका कारण निर्वाचन बिथोलिन सक्ने भएकाले पनि सुरक्षा व्यवसथा निकै कडा पारिएको उनले बताए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्