दुर्घटना

देउखुरीको बरा खुट्टीमा दुई मोटरसाइकल एक आपसमा ठो’क्किँदा ३ जना गम्भीर घा’इते

By Saru Sunar

November 22, 2021

ओमप्रकाश गुप्ता भालुवाङ १ मङ्सिर । दाङको देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठो’क्किँदा ३ जना गम्भीर घाइते भएका छन् । लमही-भालु वाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बरा खुट्टीमा बुधवार बेलुका ५ः२० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु २८ प ६६८६ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ५५ प ३६९० नं. को मोटरसाइकल एक आपसमा ठोक्किएको हो । दुर्घटनामा दुवै मोटरसाइकलका २ जना चालक र मोटरसाइकलमा सवार १ जना गरी ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा लु ५५ प ३६९० नं. को मोटरसाइकल चालक कपिलवस्तु जिल्ला शिवराज नगर पालिका वडा नं. ५ बस्ने वर्ष २७ का रमजान अली, लु २८ प ६६८६ नं. को मोटरसाइकल चालक घोराही उपमहानगर पालिका वडा नं. नखुलेको वर्ष २५ का बिक्रम सुनार, सोही मोटरसाइकल पछाडि बसेका अर्घाखाँची जिल्ला पाणेनी गाउँ पालिका वडा नं नखुलेको वर्ष २० का मोहन सुनार गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते तिनै जनालाई लमहीमा सामान्य उपचार पश्चात थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।