आर्थिक

सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

By Thah Online

November 22, 2021

काठमाडौं । नेपाली बजारमा आज (सोमबार ) सुनचाँदीकै भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै बढ्दै प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।