मादक पदार्थ सेवन गरी हो हाल्ला गर्ने दश जना पक्राउँ



सैघाली खबर

दाङ फागुन १९ ,। दाङको तुलसीपुरमा उछृङखल गतिविधि गर्ने १० जना पक्राउ परेका छन् । तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरेर हल्ला गर्ने, मोटरसाइकलमा ३ जना राख्ने, तिब्र गतिमा सवारी चलाउने १० जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यसै विच ५० जना युवालाई नियन्त्रण पछि सम्झाई बुझाईगरी छोडेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्