प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेद ?



काठमाडौं। बलिउड र हलिउडका मोस्ट वान्टेड जोडी मानिएका प्रियङ्का चोपडा र निक जोनसले आफ्नो सिजलिङ केमेस्ट्रीले सधैँ फ्यानहरूलाई प्रभावित पारेका छन् । तर, अब यी दुईको सम्बन्ध विच्छेदको खबरले फ्यानहरूलाई आश्चर्यमा पारेको छ । 

प्रियङ्का चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पतिको थर हटाएपछि उनीहरूको सम्बन्ध विच्छेदको चर्चा चलेको हो । उक्त विषयलाई लिएर उनीहरू सम्बन्ध विच्छेद त गर्दै छैनन् ? भन्ने विषयमा चर्चा भइरहेको छ । 

पति निकसँग सम्बन्ध विच्छेदको खबरबारे प्रियङ्काले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् तर प्रियङ्काकी आमा मधुले भने उनीहरूको सम्बन्ध विच्छेदको समाचारलाई पूर्ण रूपमा गलत भनेकी छिन् ।

प्रियङ्का र निकको सम्बन्ध विच्छेदको खबर भाइरल भएपछि प्रियङ्काकी आमाले यस विषयमा प्रतिक्रिया दिएकी छिन् । न्युज १८ मार्फत यसै प्रसङ्गलाई जोडेर प्रियङ्काकी आमा मधु चोपडाले पनि यो समाचार अफवाह भएको बताएकी छन् । उनले यस्ता झुटा खबर नफैलाउन अनुरोध समेत पनि गरेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्