आर्थिक

एकैदिन १६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

By Thah Online

November 23, 2021

काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँ कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको असरकै कारण नेपालमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको महासङ्घले जनाएको छ ।