१ करोड ३५ लाखमा नेपाल भित्रियो सलमानको ‘अन्तिम’ फिल्म, देशभर १२५ हलमा लाग्ने



काठमाडौं-  बलिउड सुपरस्टार सलमान खानको प्रतीक्षित चलचित्र ‘अन्तिम’लाई महँगो रकममा नेपाल भित्र्याइएको छ । नोभेम्बर २६ अर्थात् शुक्रवारबाट प्रदर्शन हुने फिल्म नेपालमा प्रदर्शनका लागि एक करोड ३५ लाख रुपैयाँमा भित्रिएको हो। फिल्मलाई ‘ए एट फिल्मस्’ले नेपाल ल्याएको छ । 

गोपीकृष्ण मुभिज प्रालिको भगिनी संस्था रहेको ‘ए एट फिल्मस्’ले नेपालका १२५ सिनेमा हलमा प्रदर्शन गर्ने गरी ‘अन्तिम’ फिल्मलाई नेपालमा ल्याएको हो । जसका अध्यक्ष निरज पौडेल हुन् ।

फिल्ममा सलमान खान प्रहरीको भूमिकामा देखिएका छन्। चलचित्रमा सलमान खान र आयुष शर्माको मुख्य भूमिकामा देखिएका छन् । महेश भी मन्जेरकरको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खानको लगानी छ ।

सलमान खान मुख्य भूमिकामा रहेको यस फिल्ममा आयुष शर्मा, महिमा मकवा, प्रज्ञा जैसवाललगायतको अभिनय छ । महेश मन्जेरकरले निर्देशन गरेको यो फिल्मलाई ‘सलमान खान फिल्मस्’ले निर्माण गरेको हो । सलमानको यो चलचित्रले पनि दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । नेपालमा सलमानका हजारौँ प्रशंसक भएकाले पनि यसले नेपालमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्