एमाले-माओवादी सांसदको प्रशिक्षण सुरु



सैघाली खबर,
काठमाडौं,१९ फागुन –। सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा एमाले र माओवादी केन्द्रबाट विजयी संघीय सांसदको प्रशिक्षण सुरु भएको छ ।

संसद्ममा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागेको हो ।

प्रशिक्षणमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बानेश्वरस्थित संसद् भवन पुग्नुभएको छ ।
प्रशिक्षणमा पूर्व सभामुखद्वय सुवासचन्द नेम्वाङ र ओनसरी घर्तीले संसदीय प्रक्रियाका विषयमा प्रशिक्षण दिने र दुबै अध्यक्षले सम्बोधनसहित प्रशिक्षण दिनुहुने छ ।
आइतबार संघीय सांसदको शपथ कार्यक्रम तोकिएको छ । प्रशिक्षणमा सहभागी हुन राष्ट्रिय एवं प्रतिनिधिसभाका सांसदलाई दुवै पार्टीले निर्देशन गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्