अष्ट्रेलिया र जापान जान विद्यार्थीलाई भीसा खुल्यो



काठमाडौं । उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भिसा)दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भिसा अनुमति दिने भएको हो । यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् ।

अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।

त्यस्तै गरी जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि बोर्डर खुला गरिसकेको छ ।

यो सँगै अष्ट्रेलिया र जापानमा उच्च शिक्षा अ अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि राहत भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्