वाम गठबन्धन र फोरमबीच बालुवाटारमा अाज यस्तो हुँदैछ सहमति



सैघाली खबर,
काठमाडौं,१९ फागुन –। वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच शनिबार सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। अपराह्न ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयुक्त बैठकमा दुईबुँदे सहमतिमा हस्ताक्षरको तयारी गरिएको हो। सरकारलाई दुई तिहाई समर्थन प्राप्त गर्नका लागि गठबन्धनले फोरमसँग सहकार्य गर्न लागेको हो। सहमतिका विषय टुंगिसकेकाले आज सहमतिपत्रमा तीनै पक्षले हस्ताक्षर गर्ने तयारी रहेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।

स्रोतका अनुसार आपसी सहमतिमा संविधान संशोधन गरिने र फोरम सरकारमा सहभागी हुने उल्लेख गरेर सहमति हुन लागेको हो । फोरमले तीन वटा मन्त्रालय दाबी गरेको छ भने वाम गठबन्धनले दुई वटा भन्दा बढी दिन नसकिने बताएको छ। मन्त्रालय भागबण्डा गर्ने जिम्मेवारी तीनवटै पार्टीका अध्यक्षलाई दिइएको एमाले नेता नेम्वाङले बताए। फोरमसँग सहमति भएपछि आइतबार फोरमका नेतालाई पनि समेटेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्