साहित्य/कला

सरकार तिमी कसको ?

By Thah Online

November 24, 2021

हरेक वर्ष जनता बाढी पहिरो शितलहरमा पिडित सरकार माला, खादा उद्घाटन शिलान्यासमा रमाउने सरकार तिमी कसको ?

जनताको सामान्य समस्याको समाधान नै नगर्ने तिमीले एमसीसीको पैसामा बेच्दैछ संविधान  सरकार तिमी कसको ?

नेपालीको कालापानी, लिम्पियाधुरा लिपुलेक जनगणनामा प्रवेश नदिँदा नि गठबन्धनको विवेक कहाँ गयो  सरकार तिमी कसको ?

सत्ता परिवर्तनको लागि न्यायालयले दिन सक्ने परमादेश  राष्ट्रघाती एमसीसी खारेजका लागि किन दिएनन् आदेश  सरकार तिमी कसको ?

लामो सङ्घर्षको जनादेश उल्टाउन प्रेरित गठबन्धन देशलाई बन्धक बनाउने एमसीसी किन स्विकार्ने सरकार तिमी कसको ?