गीतकार प्रलाद शाहको ‘सितल जुन’ सार्वजनिक ( भिडियो )



काठमाडौँ । ‘परानै दिन्छु’, ‘सुनन’, ‘मेरी आमा’, ‘मंगली’, ‘भेट हुँदा’ लगायत थुप्रै चर्चित गीतहरूका गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको सितल जुन’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा स्वर  गायिका अस्मिता अधिकारी र ‘द भ्वाइस अफ नेपाल – ३’  मा कान्छो प्रतिस्पर्धीका रुपमा चिनिएका प्रतिभावान गायक आर्यन तामाङको रहेको छ।  कल्याण सिंहले  सङ्गीतबद्ध गरेको गीतलाई  गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा दीपक घिमिरे  र पूजा ठाकुरलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।  होप इन्टरनेशनलले  प्रायोजन गरेको  भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।  भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्